शिक्षकलाई स्थायी बनाउने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट

पत्रपत्रिकाबाट

शनिबार, २५ कार्तिक २०७४, ०७ : १५
शिक्षकलाई स्थायी बनाउने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट


अस्थायी शिक्षकलाई आन्तरिक रुपमा परीक्षा गराएर स्थायी बनाउने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
शिक्ष ऐन नवौं संशोधनको व्यवस्था खारेजीको मागसहित नमोबुद्ध नगरपालिका काभ्रेका शिवप्रसाद पाण्डेले रिट हालेका हुन् ।रिटमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा हुँदा दक्ष स्थायी अध्यापन अनुमतिपत्र लिई बसेका ७ लाख भन्दा बढी योग्य उम्मेदवारहरु वञ्चित हुने भन्दै सो व्यवस्था खारेज गर्न माग गरिएको छ ।

संशोधनमा २०७२ असोजभन्दा पछाडिकालाई परीक्षामा वञ्चित गराइएकाले पनि अहिले तोकिएको परीक्षा रद्द गर्न माग गरिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस