काठमाडौँ । सर्वोच्च अदालतले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विहिबार उनलाई छोड्न आदेश दिएको हो । राउत गत असोजमा पक्राउ परेका थिए ।
राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले आज बदर गरेको हो ।
अब उनले साधारण तारेखमा रही उक्त मुद्दा खेप्न पाउने छन् । राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ फागुन २०७५, १६ : ००
लेखकबाट थप