काठमाडौंको ग्यास स्टोरमा आगलागी, आगो नियन्त्रण बाहिर

सफल खबर संवाददाता

विहीबार, २३ फागुन २०७५, १५ : २२
काठमाडौंको ग्यास स्टोरमा आगलागी, आगो नियन्त्रण बाहिर

काठमाडौं । राजधानीको वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी भएको छ । ग्यास स्टोरमा आगो लागेकोले ग्यास पड्किने क्रम जारी छ । अहिलेसम्म ९ वटा ग्यास सिलिन्डर पड्किसकेका छन् । ग्यास पड्केर एक जना घाइते भएका छन् । बिहीबार दिउँसो भएको आगलागीबाट तीन घर जलेका छन् ।

आगो नियन्त्रणको प्रयास  भइरहे पनि  स्टोरमा धेरै ग्यास सिलिण्डर रहेकाले आगो नियन्त्रणमा आउन सकेको छैन ।  घटनाको बाँकी विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस