काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमानलाई आकाशमा होल्ड गराइएकोबारे छानविन हुने भएको छ । मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमानले अवतरण गर्नुअघि आकाशमा ३ चक्कर लगाउनुपरेको थियो ।
यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति बनाएको हो ।
मन्त्रालय स्रोतका अनुसार यति एयरलाइन्सको सो विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै पनि किन होल्ड गरियो भन्नेबारे छानविन गर्न समिति बनाइएको हो । भीभीआईपी उडान छ भने एयर ट्राफिक कन्ट्रोलरले सो विमानलाई उच्च प्राथमिकता दिनुपर्छ । त्यसैले प्र्रधानमन्त्री चढेको विमानलाई होल्ड गराउनु गम्भीर विषय भएको मन्त्रालय स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ फागुन २०७५, १४ : ५६
लेखकबाट थप