जितपुरको सरवस्ती माविमा लिओ क्लब अफ भरतपुर युथको निःशुल्क स्वास्थ्य शिविर

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, १९ फागुन २०७५, १५ : ३७
जितपुरको सरवस्ती माविमा लिओ क्लब अफ भरतपुर युथको निःशुल्क स्वास्थ्य शिविर

चितवन । लिओ क्लव अफ भरतपुर युथले एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ । क्लवले शनिबार सरस्वती माध्यमिक विद्यालय भरतपुर महानगरपालिका, २८ जितपुरको प्राङगणमा विभिन्न रोगसम्बन्धी निःशूल्क स्वास्थय जाँच एंव औषधि वितरण गरेको हो । शिविरबाट तीन सय जना विरामी लाभान्वित भएको  लिओ क्लवका डाइरेक्टर गोविन्द पौडेलले जानकारी दिनुभयो ।

शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसुती, हार्डजोर्नी तथा नशारोग, मधुमेह, उच्च रक्तचाप, थाईराइड लगायतका रोगहरुको स्वास्थ्य चेक जाँच गरिएको डाइरेक्टर पौडेलले बताउनुभयो । शिविरमा सप्तगण्डकी हस्पिटलका विशेषज्ञहरुले विरामीको स्वास्थ्य जाँच गरेका थिए ।
लायन्स क्लव अफ चितवन फुलवारी र भरतपुर युथको आर्थिक सहयोगमा भएको शिविर विहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस