पूर्वउपप्रधानमन्त्री भरत मोहन अधिकारीको स्थिति नाजुक

सफल खबर संवाददाता

शनिबार, १८ फागुन २०७५, १७ : ३८
पूर्वउपप्रधानमन्त्री भरत मोहन अधिकारीको स्थिति नाजुक

काठमाडौँ ।  पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थित गम्भीर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा विगत तीन सातादेखि उपचाररत उहाँलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ । फोटो र मुटुमा समस्या भएपछि अधिकारी सो अस्पतालमा तीन सातादेखि उपचाररत छन् । 

अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य खस्किँदै गएको बताएको छ । ‘आजको अवस्था अनुसार उहाँको सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै गएको देखिन्छ र उहाँलाई कृतिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको छ’, अस्पतालका डाक्टर भास्करराज पन्तले पत्रकार सम्मेमलनमा भने, ‘रक्तचाप बढाउने औषधिको प्रयोग गर्नुपरेको छ । वितेको २४ घण्टादेखि पिसाव भएको छैन । समग्रमा हाम्रो सम्पूर्ण प्रयासका बाबजुत उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ ।’


 

प्रतिक्रिया दिनुहोस