सीटीईभीटीमा ३१ जोडी श्रीमान्–श्रीमती जागिरे

पत्रपत्रिकाबाट

सोमबार, ०१ माघ २०७४, ०७ : २९
सीटीईभीटीमा ३१ जोडी श्रीमान्–श्रीमती जागिरे

सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा नातागोताले खान्छन् जागिर शिर्षकमा खबर छापिएको छ ।

हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारीक सदस्य त छन् नै, श्रीमान श्रीमतीसमेत ३१ जोडी छन् । यसमा निर्देशक तहका कर्मचारी समेत पर्छन् ।

पूर्वसदस्य सचिव रामहरी लामिछानेकी श्रीमती संगीता अहिले पनि सीटीईभीटीमै जागिरे छिन् ।

रामहरी भने सदस्यसचिवबाट राजीनामा दिएर कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) फिलिपिन्सको महानिर्देशक पदमा छन् ।

सीटीईभीटीमा जागिर खाने आफन्त
श्रीमान-श्रीमती   ३१ जोडी
दाजु-भाइ   २४ जना
बाबु-छोरा   ८ जना
साढु दाइ-भाइ   ८ जना
ज्वाइँ-जेठान   ४ जना
दिदी-भाइ   ४ जना
भान्जा-भान्जी   ४ जना
बहिनी-ज्वाइँ   ४ जना
भतिनी-ज्वाइँ   २ जना  
काका-भतिज   २ जना
विद्यार्थी नेताका श्रीमती   ३ जना
अख्तियार अधिकृतकी श्रीमती   १ जना

प्रतिक्रिया दिनुहोस