टेलियाबाट लाभकर उठाउन सरकारी टोली स्विडेन जाने तयारी

पत्रपत्रिकाबाट

सोमबार, ०१ माघ २०७४, ०७ : २२
टेलियाबाट लाभकर उठाउन सरकारी टोली स्विडेन जाने तयारी

एनसेलको स्वामित्व बिक्री गरेर बाहिरिएको स्विडिस कम्पनी टेलिया (साबिकको टेलियासोरेना)ले करिब ६० अर्ब रुपैयाँ पुँजीगत लाभकर तिर्न अटेर गर्दै आएपछि सकरकारले एउटा टोली स्विडेन पठाउने तयारी गरेको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको ठूला करदाता कार्यालयले टेलियालाई १५ दिनको समय तोकेर ११ दिनअघि कर तिर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

यस बीचमा पनि टेलियाले सरकारी निकायसँग सम्पर्क गरेको छैन । आजको नागरिक दैनिकमा खबर छ ।

यस्तो अवस्थामा टेलियाबाट लाभकर उठाउन एउटा टोली स्विडेनमै पठाउन सरकारले तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस