चितवन बिशेष

रुख चितवनबाट बिलाएर नै गयो , डडेल्धुरा तिर खाज्नु पर्छ – पाण्डे (भिडियो सहित)

शुक्रबार, २४ कार्तिक २०७४, १५ : ४१


भरतपुर । पुर्व अर्थ मन्त्री एव चिवतवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले कांग्रेसको आलोचना गर्नुभयो । आफु खुख लोकतन्त्रीक भन्ने तर राजावादी सगं मिलेर निर्वाचनमा आउनु लोकतन्त्रको खिल्ली उठाएको आरोप लगाउनुभयो ।

काँग्रेसभन्दा धेरै लोकतान्त्रिक पार्टी बाम गठबन्धन भएको बताउनुभयो । पाण्डेले बाम गठबन्धन देखि काग्रेस अतालिएको बताउनुभयो । चितवनमा काग्रेस नै नभएकाले रुख खोज्न डढेलधुरा पुग्नुपर्ने समय आएको बताउनुभयो । कांग्रेस राजावादीको पाउ बनेर गएकाले रुख खोज्न पश्चिम नै जानु पर्ने अवस्था आएको बताउनुभयो ।

यसैवीच आजै महिलाहरुको संयुक्त बाम गठबन्धनको भेलाले सरस्वती विष्ट संयोजक र संगिता भट्टराई उपसंयोजक भएको ५०१ सदस्यिय निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस