वलात्कृत सम्झना प्रजा सिएमसीको निःशुल्क उपचारपछि आश्रम गईन्

सुरेन कुँवर

शुक्रबार, १० फागुन २०७५, १५ : ०९
वलात्कृत सम्झना प्रजा सिएमसीको निःशुल्क उपचारपछि आश्रम गईन्

चितवन । मंसिर ११ गते दिउँसो १ बजे शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्य कार्यालय जाँदै थिए । उनको आँखा मानसिक सन्तुलन गुमाएकी सम्झना प्रजामाथि गयो । सम्झनाको पेट सामान्य भन्दा फुलेको देखेँ। अध्यक्ष आर्चायले सोध खोज गर्न थाले । सुरुमा त उनलाई ग्याष्टिक वा कुनै पेट सम्बन्धी रोग हो कि भन्ने लाग्यो । केहीबेरको सोधखोजपछि उनले सम्झाना गर्भवती भएको कुरा थाहा पाए । सम्झनाको बहिनीका अनुसार पेटमा ७ महिनाको शिशु हुँर्किदै रहेछ ।

आचार्यले सम्झनालाइ उद्धार गर्नका लागि चारैतिर खबर गरे । मंसिर १२ गते राप्ती नगरपालिका, इलाका प्रहरी कार्यालय भण्डारमा उद्धार गर्न अनुरोध गरेपनि कसैले चासो नदेखाएछि उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरे । त्यो पोष्ट महिला अधिकारकर्मी मञ्जु खाँड र प्रदेश सांसद रीना गुरुङले देखे । लगत्तै मंसिर १३ गते खाँड र गुरुङ सम्झनाको घरमा पुगे । त्यसको भोलीपल्ट सम्झनालाई भरतपुरतर्फ ल्याउँदै गर्दा गाडीबाटै मानव सेवा आश्रम चितवनकी अध्यक्ष ममता शर्मासँग कुरा भयो । शर्माले खाँड र रीना गुरुङको कुरा सुनेपछि चितवन मेडिकल कलेज ल्याउन सुझाई । त्यसपछि अस्पतालमा सम्झनाको उपचार गर्न सुरु भयो ।
माघ ३ गते अस्पतालमा उनको गर्भमा रहेको शिशु (छोरा) को जन्म भयो ।  शिशुलाई माघ ७ गते अर्थात ५ दिनको दिन एसओएस बालग्राम भरतपुरलाई जिम्मा लगाईयो ।

शिशुको जन्मपछि सम्झनालाई मानसिक औषधि दिन थालियो । अहिले उनीको अवस्थामा क्रमिक रुपमा सुधार आएको देखिन्छ । अस्पतालमा मंसिर १४ गतेदेखि फागुन ०९ गतेसम्म उनको उपचारमा रु १ लाख ३७ हजार ६ सय ७६ खर्च भएको छ । चमेना गृहको खर्च रु ५२ हजार ५ सय ४१ बाहेक अन्य उपचार खर्च अस्पतालले आफैले बेर्होने भएको छ । त्यस्तै चमेना गृहको रु ५२ हजारमा मानव सेवा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेले रु २५ हजार सहयोग गर्नुभएको छ । चमेना गृहको बाँकी राप्ती नगरपालिकाले तिर्ने भएको वनका अध्यक्ष आर्चाले बताए । सम्झनालाई आजै मानव सेवा आश्रम चितवन पठाईएको छ ।

यसरी भएको थियो सम्झनाको करणी

राप्ती नगरपालिका ४ मा गरीब परिवारमा जन्मिएकी जेठी छोरी हुन् सम्झना । आर्थिक अवस्था कमजोर भएकै कारण उनी अरुको घरमा श्रम गर्दै आईरहेकी थिईन् । १४ वर्षको उमेरमा उनी फेरि घर र्फकिईन् । त्यो बेलासम्म उनको मानसिक अवस्था ठिक थियो । १४ वर्ष उमेरमा कक्षा ३ पढदै गर्दा विद्यालय जान छाड्नि । त्यसपछि उनको मानसिक अवस्था गुम्दै गएको उनकी बहिनी बताउछिन् । उनको बुवा, आमा, दुई बहिनी र एक दाई छन् । दाई अहिले ज्याकवासमा काम गर्दै कक्षा १२ मा पढ्दैछन् । मानसिक अवस्था बिग्रिएपछि त्यसको फाईदा उठाउँदै रातीको समयमा उनकै कोठामा अपरिचित युवाले करणी गरे । घरमा रातीको समयमा केही आउने भएपनि पारिवारका अन्य सदस्यले खासै चासो दिएनन् । फल स्वरुप आजको यो अवस्था आईपुग्यो ।

पीडक पत्ता लागेको छैन

घटना बाहिरा आएको पनि तीन महिना पुरा भयो । घटनामा संलग्नलाई प्रहरी प्रशासनबाट खोजी कार्य भईरहेको भएपनि पत्ता लागेको छैन । मानसिक अवस्था गुमाएको व्यक्तिमाथि करणी भएका कारण अनुसन्धानमा पनि जटिलता देखिएको छ । पीडित सम्झनाबाट कुनैपनि प्रमाण जुटाउन सकिएको छैन । उनले सम्झना सक्ने सम्भावना पनि कम छ ।

मानसिक रोगीको सिएसीमा निःशुल्क उपचार

चितवन मेडिकल कलेज (सिएमसी) ले मानव सेवा आश्रम चितवनमा रहेका विरामीहरु निःशुल्क उपचार गर्र्दै आईरहेका छ । आश्रमले अहिलेसम्म १ सइ ५५ जनालाई यस्ता विरामीहरुलाई उद्धार गरेको छ । जसमध्य ७५ जना महिला रोगी हुन् । आश्रमका अध्यक्ष ममता शर्मा न्यौपानेका अनुसार आश्रमा अहिले ४२ जना महिलाहरु छन् । यस्ता रोगीहरुलाई ६ लाखसम्म खर्च गरी निःशुल्क उपचार गरेको अस्पालका अध्यक्ष हरिशचन्द्र न्यौपानेले जानकरी दिनुभयो ।  उहाँले यस्तो समस्या समधानमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । आश्रमका अनुसार निको भएर ८६ जना रोगीहरु आफ्नो घरमा पुर्नःस्थापना भएका छन् ।  

 

 

प्रतिक्रिया दिनुहोस