प्र.म. देउवाकोे बेवास्ताले दशवर्षे कर्णाली विकास योजना अलपत्र

पत्रपत्रिकाबाट

आइतबार, ३० पुस २०७४, ०७ : १४
प्र.म. देउवाकोे बेवास्ताले दशवर्षे कर्णाली विकास योजना अलपत्र

काठमाडौँ । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन ।

आयोगले ६ महिनाअघि नै विकास योजना तयार गरे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग समय मागिरहेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस