वर्तमान सरकारको गति र विधि दुवै ठिक छैन : कांग्रेस नेता पौडेल

मंगलबार, २९ माघ २०७५, १४ : १३
वर्तमान सरकारको गति र विधि दुवै ठिक छैन : कांग्रेस नेता पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको वर्तमान सरकारको गति र विधि दुवै ठिक नभएको बताउनु भएको छ । मंगलबार भरतपुर विमानस्थलमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेले यस्तो बताउनुभएको छ ।
“वर्तमान सरकारको गति र विधि दुवै ठिक छैन” उहाँले भन्नुभयो,“ दुई तिहाईको वर्तमान कम्युनिष्ट सरकारसँग जनताले धेरै आशा राखेका थिए । वर्तमान सरकारले गति र नीतिका कारण जतनामा निराशा छाएको छ ।” सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको अरोप लगाउनुभयो ।
नेता पौडेलले नेपाल विद्यार्थी संघको नेतृत्वले आफ्नो दायित्व पुरा गर्न नसकेकोले अध्यक्ष पदबाट नैनसिहं महरले राजीनामा दिएको बताउनुभयो । यही माघ १० गते नै समय अवधि सकिइसक्दा पनि एउटा पनि प्रभावकारी काम गर्न नसेकेकोले राजिनामा दिएका भन्दै उहाँले महरको नेतृत्वमा गरिएका सबै सिफारिसको कुनै अर्थ नरहने उहाँले स्पष्ट पार्नुभयो ।
 विगतका दिनमा प्रदान गरिएका मनोनयन पत्रको वैधानिकता केन्द्रीय अध्यक्ष महरको राजीनामा संगै सकिएको पौडेलको भनाई थियो । संगठनको विधानअनुसार अव छिट्टै नै नेविसंघको रिक्तता पुरा गरिने भन्दै उहाँले अनावश्यक विवाद गर्नु नपर्ने उल्लेख गर्नुभयो ।
फरक प्रसंगमा पौडेलले आफु वडा स्तरबाटै प्रतिनिधि बन्न तयार रहेको बताउनुभयो । “व्यक्तिगत रुपमा आफु महासमिति बैठकको म्याण्डेटबाट दायाबायाँ हटेको छैन” उहाँले भन्नुभयो,“प्रतिनिधि छनौटको विधिबारे केन्द्रीय समितिमा बहस जारी रहेकाले हतारमा निष्कर्ष निकाल्नु हुदैन ।”
उहाँले केन्द्रीय समितिमा प्रतिनिधि छनौटको विधिलाई लिएर पक्ष विपक्षमा तर्क वितर्क भएको स्वीकार गर्दै पौडेलले छिटै नै ठोस धारणा आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस