धुम्बाराहीमा नेकपाले जनयुद्ध दिवस मनाउने

सफल खबर संवाददाता

सोमबार, २८ माघ २०७५, १९ : २६
धुम्बाराहीमा नेकपाले जनयुद्ध दिवस मनाउने

काठमाडौं । सत्तारुढ नेकपाले फागुन १ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवस मनाउने भएको छ । महासचिव विष्णु पौडेलले सर्कुलर जारी गरी जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा १ फागुनमा देशभर कार्यक्रम गर्न निर्देशन दिएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको उपस्थितिमा धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रम हुने भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार जनयुद्ध सुरु भएको दिन १ फागुनको सम्झनामा जनयुद्ध र जनआन्दोलनका सहिदको सम्मानमा नेकपाले पहिलोपटक कार्यक्रम राखेको हो ।

प्रतिक्रिया दिनुहोस