आईसीसी वरियतामा पारस खड्का ४०औं स्थानमा

सफल खबर संवाददाता

सोमबार, २८ माघ २०७५, १५ : ०३
आईसीसी वरियतामा पारस खड्का ४०औं स्थानमा

काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान पारस खड्का आइसीसी र्‍याङ्किङको उत्कृष्ट चालिसमा पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सोमबार प्रकाशित गरेको र्याङकिङमा टी-२० अलराउण्डरको सूचीमा खड्का ४० औं नम्बरमा छन् । नेपालका अर्का अलराउण्डर सोमपाल कामी ५१ औं नम्बरमा छन् । 
ब्याटिङतर्फ कप्तान पारस खड्का ६ स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिएका हुन् । यसअघि पारस ९६ औं स्थानमा थिए । बलिङ तर्फ सोमपाल कामीले ठूलो छलाङ मारेका छन् । सोमपालले २३ स्थान छलाङ मार्दै ७० औं स्थानमा उक्लिएका हुन् । सोमपाल यस अघि ९३ औं स्थानमा थिए ।

बलिङतर्फ वसन्त रेग्मीले ३ स्थान सुधार गर्दै ७१ नम्बरमा आएका छन् । वसन्त यसअघि ७४ औं स्थानमा थिए । अलराउन्डरतर्फ पारसले स्थान सुधार गर्दै ३९ औं स्थानमा रहेका छन् । सोमपालले अलराउन्डरतर्फ १३ स्थान छलाङ मारेका छन् । नयाँ वरीयतामा सोमपाल ५१ औं स्थानमा उक्लिएका छन् ।

नयाँ वरीयता अनुसार ब्याटिङमा बाबर आजम, बलिङमा राशिद खान र अलराउन्डर तर्फ ग्लेन म्याक्सवेल शीर्षस्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस