मनकामना केबलकार पोखरा कप: एपिएफलाई पराजित गर्दै क्यामरुनको जित

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, २० : ३८
मनकामना केबलकार पोखरा कप: एपिएफलाई पराजित गर्दै क्यामरुनको जित

photo : goalnepal

पोखरा । लिगको पाचौं स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपीएफलाई पराजित गर्दा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबले मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता २०७५ को उपाधि हात पारेको छ ।
पोखरा रंगशालामा आइतबार भएको फाइनल खेलमा एपीएफलाई १–० झिनो गोल अन्तरले पराजित गर्दै पाहुना टोली फेमेली फुटबल क्लबले उपाधि सहित नगद ७ लाख ५५ हजार हात पार्न सफल भएको हो ।
छैटौं संस्करणको उक्त प्रतियोगितामा उपविजेता भएको एपीएफले भने ४ लाख ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । हरेक खेलमा गोल गरेका यानिकले फाईनल खेलमा पनि निर्णायक गोल गर्दा म्यान अफ दी म्याच समेत घोषित भए ।

प्रतिक्रिया दिनुहोस