गोरखामा गगनको गोर्खेगर्जन : ‘आगामी महाधिवेशनमा सभापति बन्न तयार छु’

सफल खबर संवाददाता

आइतबार, २७ माघ २०७५, १७ : ५३
गोरखामा गगनको गोर्खेगर्जन : ‘आगामी महाधिवेशनमा सभापति बन्न तयार छु’

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आगामी महाधिवेशनमा सभापति नै उठ्न आफू तयार रहेको बताएका छन् ।
आइतबार प्रेस युनियन गोरखाले गरेको पत्रकार सम्मेलनमा नेता थापाले पार्टी युवाहरूले हाँक्ने बेला आएको र युवाहरू सक्षम पनि भइसकेको भन्दै यस्तो बताएका हुन्। ‘पाका पुस्ताका नेताहरूले विश्राम गरी अब नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ। उहाँहरूको योगदानको सम्मान गर्दै युवाले नेतृत्व लिनुपर्छ,थापाले भने।

प्रतिक्रिया दिनुहोस