मनकामना केबलकार पोखरा कप: मनाङलाई पराजित गर्दै क्यामरुनको डफिन्स फाईनलमा

सफल खबर संवाददाता

शनिबार, २६ माघ २०७५, २० : ३६
मनकामना केबलकार पोखरा कप: मनाङलाई पराजित गर्दै क्यामरुनको डफिन्स फाईनलमा

पोखरा । पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ को फाईनलमा मनाङलाई पराजित गर्दै क्यामरुनको डफिन्स फाईनलमा प्रवेश गरेको छ ।
 पोखरा रंगशालामा शनिबार भएको दोश्रो सेमिफाईनल खेलमा क्यामरुनको डफिन्स टिमले मनाङलाई सडेन डेथमा पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफसंग फाईनल खेलमा यात्रा तय गरेको हो । फाईनल खेल आईतबार हुने भएको आयोजक एन्फा कास्कीले जनाएको छ ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउने एन्फा कास्की अध्यक्ष मिलन गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस