मनकामना केबलकार पोखरा कप: जापानको रिस्सहोलाई पराजित गर्दै एपिएफ फाईनलमा

सफल खबर संवाददाता

शुक्रबार, २५ माघ २०७५, २१ : ००
मनकामना केबलकार पोखरा कप: जापानको रिस्सहोलाई पराजित गर्दै एपिएफ फाईनलमा

पोखरा । पाहुना टोली जापानको रिस्सहो युनिभर्सिटीलाई टाईब्रेकरमा पराजित गर्दै विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ को फाईनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा एपिएफले जापानको रिस्सहोलाई टाईब्रेकरमा ४–१ को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

प्रतिक्रिया दिनुहोस