गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर निर्माण आजदेखि सुरु, चौबिसकोठीदेखि शान्तिचोकसम्म बृहत ¥याली निस्किने

सफल खबर संवाददाता

आइतबार, २० माघ २०७५, ०७ : ४५
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर निर्माण आजदेखि सुरु, चौबिसकोठीदेखि शान्तिचोकसम्म बृहत ¥याली निस्किने

भरतपुर । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर निर्माणको पूर्वसन्धयामा आज (आईतबार) बृहत ¥याली निस्किने भएको छ ।
भरतपुरको चौबिसकोठीबाट विहान १० बजे सुरु हुने -याली भरतपुर–१६ स्थित शान्तिचोकबाट क्रिकेट निर्माण स्थल पुगेर रंगशालाको डिपिआर निर्माणको कार्य शुभारभ्भ हुने भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
धुर्मुस–सुन्तली फाउण्डेशनले कृषि तथा वन विश्वविद्यालय परिसरभित्र २० बिघा ६ कठ्ठा जग्गामा निर्माण हुन लागेको रंगशालको डिपिआर गर्न काठमाडौँबाट ४ सदस्यीय टोली चितवन आईपुगेको छ ।
¥यालीमा विभिन्न खेलकुद सघंसस्था, राष्ट्रिय तथा स्थानीय खेलाडी, नागरिक अगुवा, निर्माण समिति तथा सरोकारवालको सहभागिता रहने छ ।
भरतपुर महानगरपालिका का प्रमुख रेनु दाहालले अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रिय गौरवको आयोजनामा सहयोग गर्न स्वदेश तथा विदेशीमा रहने नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आह्वान गर्नुभएको छ ।
त्यस्तै धुर्मुस–सुन्तली फाउण्डेशनका संयोजक सिताराम कट्टेल ९धुर्मुस० ले ¥यालीमा सहभागि भएर सामाजिक सञ्जालमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहयोगका लागि आह्वान गर्न सम्पूर्ण नेपालीलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस