फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सफल खबर संवाददाता

शनिबार, १९ माघ २०७५, २० : २६
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलमा २/२ रुपैयाँ वृद्धि भएको छ ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ ।

निगमले एलपी ग्यासको मूल्यभने समायोजन गरेको छैन् । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिण्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ । मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा रु एक अर्ब १६ करोड नाफा हुनेछ ।

प्रतिक्रिया दिनुहोस