विश्व सिमसार दिवसमा बाटुली पोखरी काव्य उत्सव

सफल खबर संवाददाता

शनिबार, १९ माघ २०७५, १९ : २२
विश्व सिमसार दिवसमा बाटुली पोखरी काव्य उत्सव

चितवन । चितवनमा विश्व सिमसार दिवसको अवसरमा काव्य उत्सव गरिएको छ । प्रकृतिसँग साहित्य भन्ने नाराको साथ पर्यटकीय स्थल बाटुली पोखरीमा काव्य उत्सव गरिएको हो । भरतपुरका ३० भन्दा बढी साहित्यकारले काव्य उत्सवमा सहभागिता जनाएका थिए ।

साहित्यकार हरुले बनजंगल र ताल संरक्षणका बारेमा आफ्ना रचना प्रस्तुत गरेका थिए । बाटुली पोखरी संरक्षण र प्रचारको लागि योङ्ग–नेपाल, वाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह, चितवन राष्ट्रिय निकुञ्ज, तराई भुपरिधी र बरण्डाभार उपभोक्ता समितिको संयुक्त आयोजना काव्य उत्सव गरिएको योङ्ग(नेपालकी अनुसा सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा नारायण गोपालको पछिल्लो संगीतमा शब्द भर्ने चितवनका गीतकार विष्णुबाबु देवकोटालाई सम्मानित समेत गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज कसराका पूर्व संरक्षण अधिकृत रामप्रित यादव, वरण्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटा, वातावरण संरक्षण शिक्षक मंचका अध्यक्ष दुर्गा प्रसाद भट्ट लगायतको उपस्तिथिती रहेको कार्यक्रम बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरिदत्त मिश्रको सभाअध्यक्षमा सम्पन्न भएको थियो । भरतपुर १३ उज्ज्वलनगर स्थित करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको बाटुली पोखरीमा विभिन्न किसिमका चराचुरुंगी, गोहीलगायत सरिसृप प्राणीको बासस्थान छ । साइबेरियाबाट समेत यहांँ चराहरू यहाँ आउँछन् । बाघ, भालु, गैंडा, हरिण, बंदेल, जरायोलगायतका वन्यजन्तु पानी पिउन पोखरीमा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस