‘यी हुन् प्रचण्डको पहलमा निर्माणाधीन ३६ आयोजना, जसले चितवनको मुहार छिट्टै फेरिदैँ छ’

सफल खबर संवाददाता

शनिबार, १९ माघ २०७५, १५ : ५०
‘यी हुन् प्रचण्डको पहलमा निर्माणाधीन ३६ आयोजना, जसले चितवनको मुहार छिट्टै फेरिदैँ छ’

फाइल फोटो

चितवन । प्रतिनिधिसभाको ०७४ को चुनाव हुन केही हप्ता अगाडि नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने पक्का भयो । चुनावी प्रचार–प्रसारको लागि अध्यक्ष प्रचण्ड मतदातासँग घरदैलोमा सत्क्षातकारमा जुट्नुभयो । उहाँलाई त्यहाँका सबै मतदातासँग सत्क्षातकार गर्नबाट एउटा कुराले रोक्यो । समस्या थियो त्यहाँको सडकहरुमा उडेको धुलो । तर पनि उहाँ धुलाम्य हुँदै चुनावी प्रचारमा लाग्न छाड्नु भएन् । सबै जसो सभाको भन्नु हुन्थ्यो, अबको ५ बर्षमा धुलो सडक देख्नु पर्दैन् । निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएसँगै उहाँको प्रथामिकतामा सडकलाई पक्का बनाउनमै केन्द्रित छ । जिल्लामा हुने कार्यक्रममा उहाँले भन्ने गर्नुहुन्छ, ‘चितवनलाई देशकै नमुना बनाएर नयाँ सन्देश फैलाउनु आवश्यक छ ।’
अहिले यस क्षेत्र लगायत चितवनमा यहाँको पहलमा विकासका पूर्वाधारहरुः सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, पर्यटन, कृषि लगायतको विकासका लागि ४ अर्ब रकम विनियोजन भएको छ ।
निर्वाचित भएको एक बर्षभित्र विकासको गतिले फड्को मार्दै गएको छ । अहिले ती आयोजनाहरु धमाधम अगाडि बढिरहेका छन् ।‘प्रचण्ड’को पहलमा सबैभन्दा बढी रकम रिङरोड, लिङ्करोड र प्रचण्ड मार्गका लागि २ अर्ब विनियोजन गरिएको छ । शहरी विकास कार्यक्रम अन्तर्गत २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी विभिन्न १३ वटा सडकमा काम भइरहेको छ ।
प्रचण्डको पहलमा चितवन जिल्लमा पाँच हजारसम्म अट्ने गरी अत्याधुनिक सिटीहल र रामपुरमा बन्न लागेको त्रिभूवन अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्यसमेत अगाडि बढेको छ । प्रचण्डकै पहलमा पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई ६ लेनमा रुपान्तरण गर्ने गरी डिपीआर भइरहेको छ । सचिवालयका अनुसार ब्युटिफिकेशन अनुसार ब्रिजसहितको सडक निर्माण गर्ने गरी डिपिआर भइरहेको छ । प्रचण्डले ढल प्रशोधन केन्द्र सञ्चालनका लागि पनि पहल गरिरहेका छन् ।

निर्माणाधीन सडक

१. महेन्द्रचोक तेलौली सडक खण्डमा १८ करोड ३३ लाख ४० हजार ९४ रुपैंया ।

२. मुक्तराज चोकदेखि भरतपुर महानगरको २५ नम्बर वडा कार्यलय सम्मको सडक खण्डका लागि २७ करोड ३५ लाख ७ सय ९८ रुपैंयाँ ।

३ पुल्लरदेखि गंगा नगर विद्यालयसम्मको सडक खण्डका लागि ८ करोड २२ लाख ७८ हजार ५ सय ८८ रुपैंया ।

४. पारिजात चोकदेखि उज्वल नगर जंगल सीमानासम्मको सडक खण्डका लागि ११ करोड २३ लाख ७ सय ७८ रुपैंया।

५. कैलाश चोकदेखि चनौली बजारसम्मको सडक खण्डका लागि ११ करोड १४ लाख ९१ हजार १५ ररुपैंया।

६. गोन्द्राङदेखि वडा नम्बर २२, २३ को सीमाना जोड्ने सडक खण्डका लागि २४ करोड ४ लाख १ हजार ४ सय ७८ रुपैंया।

७. महेन्द्र चोक तेलौली सडकको प्रचण्ड मार्ग पहिलोका लागि ३६ करोड ५९ लाख २१ हजार ५ सय १२ रुपैंया ।

८. महेन्द्र चोक तेलौली सडकको प्रचण्ड मार्ग दोश्रोका लागि ९ करोड ६९ लाख ११ हजार ४ सय ६६ रुपैंया ।

९. डेरिचोक पुल्लर सडक (अतिथि सडक) का लागि २ करोड ८७ लाख ६७ हजार ५ सय ३६ रुपैंया ।

१०. दियालो रोड (दुई नम्बरबाट ३ नम्बर जोड्नका लागि) ३ करोड ४२ लाख ७६ हजार ६ सय २ रुपैंया।

११. पुलचोकदेखि राघाटसम्मको सडकका लागि १२ करोड १० लाख ५३ हजार ७ सय ७० रुपैंया ।

१२. शिवघाट–सुन्दर कुमारचोक–सापकोटा चोक हुँदै पकौडी रोडसम्मका लागि १६ करोड २३ लाख ९४ हजार ९ सय ९९ रुपैंया ।

१३. शहीद चोक–धर्मचोक हुँदै कचकचेसम्मको सडकका लागि १८ करोड ६३ लख ७९ हजार ७ सय ८१ रुपैंया ।
पूर्वप्रधानमन्त्री प्रचण्डले सांसद विकास कोषको ४ करोड रकम पश्चिम चितवनको माडीमा रहेका विभिन्न विद्यालय तथा भरतपुर महानगरमा पर्ने विभिन्न सडक तथा भौतिक पूर्वाधार निर्माणमा काम भइरहेको छ । प्रचण्डको पहलमा सडक डिभिजन कार्यालयमार्फत् निर्माण भइरहेका बिभिन्न ७ वटा सडकको काम पनि चालु छ । सडक डिभिजनमार्फत् आएको ३८ करोड ३५ लाख रुपैंया रकममा बिभिन्न ७ वटा योजनाहरु निर्माण भइरहेका छन् ।

निर्माणाधीन सात सडक योजना

१. रामपुर–मेघौली सडक (१३ करोड)

२. भरतपुर ठोरी हुलाकी सडकको (पटेहानीदेखि जगतपुर पुल) सम्म (१० करोड ७२ लाख)

३. वडा नम्बर १४ को बरको बोटबाट प्रचण्ड मार्ग जोड्ने सडक (५ करोड)

४. शितामाई सडक खण्ड (५ करोड ६३ लाख)

५. पकौडी विशालचोकदेखि प्रचण्ड मार्ग जोड्ने सडक (१ करोड ५० लाख)

६. मदन स्मृति पार्क भरतपुर (१ करोड)

७. भरतपुर १६ शिवराम चोकदेखि जानकी चोकसम्मको सडक (१ करोड)

जंगलपारीको नगरपालिकाको रुपमा रहेको माडी नगरपालिकामा पनि प्रचण्डको पहलमा ९ वटा पुल निर्माण भइरहेका छन् । मुख्य राजमार्गमा पर्ने बिभिन्न ९ वटा खोलामा ६४ करोड ११ लाख ३५ हजारको लागतमा पुल निर्माणाधीन छन् । माडीमा नै हुलाकी सडक खण्डअन्तर्गत २१ करोड १७ लाख रुपैंयाँ बजेट विनियोजन गरेर १५ किलोमिटर सडक खण्ड निर्माण भईरहेको छ ।

निर्माणाधीन पुलहरु

१. पतरी खोला पुल – ३ करोड ८४ लाख २५ हजार

२. रिमाल खोला पुल – ३ करोड ६५ लाख ५४ हजार ७ सय ८६

३. बाँदरमुढे पुल – ४ करोड ९१ लाख ८६ हजार ६ सय ८०

४. बगई पुल – ९ करोड ३१ लाख ५८ हजार ९ सय ८१

५. मुगई पुल – ७ करोड ३५ लाख २५ हजार ३ सय ८१

६. परवी पुल – ४ करोड ३६ लाख २५ हजार ४ सय १

७. धाँगर पुल – ९ करोड ५१ लाख ५२ हजार ६ सय ४८

८. टुनामुना पुल – ५ करोड ९८ लाख ५९ हजार ५ सय २६

९. रिउ पुल – १५ करोड १६ लाख ५१ हजार ६ सय ६३

गत बिहीबार मात्रै शहरी विकास मन्त्रालयमार्फत् भरतपुर महानगरपालिकामा सञ्चालन हुन लागेको ५ वटा नयाँ आयोजनाको शिलान्यास गरिएको छ । अध्यक्ष प्रचण्डको पहलमा शहरी विकास मन्त्रालयमार्फत् सघन शहरी तथा भवन निर्माण आयोजनामा ४८ करोड ४१ लाख ३ हजार ४ सय ८५ रुपंैया रकम बिनियोजन गरेर बिभिन्न ५ योजनामा काम भइरहेको छ ।

निर्माणाधीन पाँच आयोजना

१. देवघाटमा विद्युतीय शवदाह भवन तथा मलामी प्रतिक्षालय निर्माण – ९ करोड ९२ लाख ११ हजार १ सय ८७ रुपैंया ।

२. भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन – ६ करोड २ लाख ९२ हजार ३ सय ८ रुपैंया ।

३. भरतपुर बसपार्कको निर्माण सुधार कार्य – १० करोड ८ लाख ६८ हजार ८ सय १३ रुपैंया ।

४. रानीपोखरीमा पार्क तथा पूर्वाधार निर्माण – १० करोड ३९ लाख १२ हजार ६ सय ५१ रुपैंया ।

५. लक्ष्मीनारायण तथा ओमकारेश्वर मन्दिर पार्क तथा पूर्वाधार निर्माण – ११ करोड ९८ लाख १८ हजार ५ सय २५ रुपैंया ।

प्रचण्डकै पहलमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पनि ४९ करोड बजेट बिनियोजन भएर सडक निर्माण तथा स्तरोन्नतिको क्षेत्रमा काम भएको छ ।

अध्यक्ष प्रचण्डको पहलमा निर्वाचन क्षेत्र नम्बर २ अनर्तगतको रिङरोडमा पर्ने बसपार्कदेखि आँपटारीसम्मको सडक स्तरोन्नतिका लागि १८ करोड बराबरको काम सकिएको र २२ करोड रकम बिनियोजनको क्रममा रहेको छ । विभिन्न साना खाले योजनामा समेत ५ करोडभन्दा बढी रकम निकासा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस