संविधानसभाको डकुमेन्ट्री बन्दै

पत्रपत्रिकाबाट

शुक्रबार, २८ पुस २०७४, ०७ : २३
संविधानसभाको डकुमेन्ट्री बन्दै

संघीय संसद् सचिवालयले पहिलो संविधानसभा र दोस्रो संविधानसभाको गतिविधिलाई समेटेर डकुमेन्ट्री बनाउने भएको छ ।

पहिलो र दोस्रो संविधानसभाको करिब ३०-३० मिनेटको डकुमेन्ट्री निर्माण गर्ने सचिवालयको तयारी छ । आजको नयाँ पत्रिकामा खबर छ ।

यसको बजेटलगायत अन्य प्रक्रियाबारे आफूहरू छलफलकै क्रममा रहेको सचिवालय प्रवक्ता डा. भरतराज गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस