बचतको पनि ब्याज बढाउँदै बैंक

पत्रपत्रिकाबाट

शुक्रबार, २८ पुस २०७४, ०७ : २०
बचतको पनि ब्याज बढाउँदै बैंक

मुद्दती खाताको ब्याजदर नबढाउने भद्र सहमति गरेका बैंकहरुले उत्त खाताको ब्याज नबढाए पनि सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने बचत खाताको ब्याज भने बढाउन थालेका छन् ।

केही बैंकहरुले तरलता अभावमा ऋण दिनै रोकेको बेला केहीले ब्याज बढाएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।
लगानीयोग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले धमाधम बचत खाताको ब्याजदर बढाउन लागेका हुन् ।
बचत खातामा ६ देखि ७ प्रतिशत ब्याज दिँदै आएका बैंकहरुले बढाएर ८.५० प्रतिशतसम्म पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस