अन्तत : डा. गोविन्द केसीले तोडे अनसन

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०७५, १९ : १८
अन्तत : डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । डा. गोविन्द केसीले अनसत तोड्नुभएको छ । २४ औं दिनमा उहाँले एकतर्फी रुपमा अनसन तोड्नुभएको हो । 
केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन आयोजना गरेर अनसन तोड्नुभएको हो । 
आफूसँग १५ औं अनसनका क्रममा भएको सहमति पालना गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै अनसन बसे पनि सरकारले अनसनको बेवास्ता गर्दै संसदमा विधेयक पेश गरेको थियो । उहाँले १६ औं अनसन तोड्नुभएको हो । 
हाल चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ । डा केसीलाई पछिल्लो समय अनसन तोड्न कांग्रेस सभापति शेरबहादुर देउवाले समेत चौतर्फी दबाव दिएका थिए । 
यस्तै, पूर्वराष्ट्रपति डा. रामवरण यादवले समेत उनलाई अनसन तोड्न आग्रह गरेका थिए । यसैगरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका अध्यक्ष केदारभक्त माथेमालगायतले अनसन तोड्न केसीलाई आग्रह गरेका थिए । उहाँले चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाउनुभएको छ । 
चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उहाँले बताउनुभयो । 
केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोड्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस