राप्रपा एकीकरण : संवैधानिक राजतन्त्र र धार्मिक स्वतन्त्रासहितको सनातन हिन्दू राज्य मूल मुद्दा

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०७५, १९ : ०३
राप्रपा एकीकरण : संवैधानिक राजतन्त्र र धार्मिक स्वतन्त्रासहितको सनातन हिन्दू राज्य मूल मुद्दा

काठमाडौं । पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रवादी) बीच एकीकरण भएको छ ।
शुक्रबार राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष राणा र राप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा लोहनीले आयोजित घोषणासभामा दुई पार्टीबीच एकीकरण घोषणा गरेका हुन् ।
एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राखिएको छ । घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वयले पार्टीले संवैधानिक राजतन्त्र र धार्मिक स्वतन्त्रासहितको सनातन हिन्दू राज्य हुने व्यवस्थालाई मूल मुद्दा बनाउने बताएका छन् ।
दुई पार्टीका शीर्ष नेतृत्वबीच लगातारको छलफलपछि पार्टी एकताका लागि बिहीबार सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
एकीकृत नयाँ पार्टीमा दुई अध्यक्ष हुने सहमति यसअघि नै भइसकेको थियो । एकीकृत पार्टीको चुनाव चिन्ह हलो राखिएको छ राप्रपा (संयुक्त)ले एक वर्षभित्र अधिवेशन गर्ने छ भने पार्टीको विधान एक महिनाभित्र तयार गर्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस