आफ्नो बारेमा भ्रामक समाचार आएको भन्दै प्रचण्डले गरे समाचारको खण्डन

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०७५, १७ : २८
आफ्नो बारेमा भ्रामक समाचार आएको भन्दै प्रचण्डले गरे समाचारको खण्डन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाको राजनीतिक संकटको विषयमा अतिरञ्जित ढंगले समाचार आएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष प्रचण्डको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम सृजना गर्ने गरी  विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आएको भन्दै  गम्भीर ध्यानाकषर्ण भएको जनाएको हो ।

सचिवालयद्वारा जारी विज्ञप्तिमा  अध्यक्ष प्रचण्ड र नेपाल सरकारद्वारा जारी वक्तव्यनै आधिकारिक भएको दाबी गरिएको छ । विज्ञप्तिमा यस्ता खालका भ्रामक र कपोकल्पित समाचारकोपछि नलाग्न समेत सबैमा आग्रह गरिएको छ । अध्यक्ष प्रचण्डले केही दिनअघि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको समर्थन गर्दै विज्ञप्ति जारी गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस