चार हजार सडक निर्माण रोकियो

पत्रपत्रिकाबाट

विहीबार, २७ पुस २०७४, ०८ : ०२
चार हजार सडक निर्माण रोकियो

काठमाडौं । सडक विभागअन्तर्गत ठेक्का लगाइएका क्षेत्रीय तथा पर्यटकीय सडक रकम अभावमा निर्माण ठप्प भएको छ। विभागमा २३ अर्ब दायित्व भुक्तानी गर्न नसकेपछि देशभरका चार हजार बढी सडक निर्माण रोकिएको हो। आर्थिक वर्ष ०७३÷७४ मा क्षेत्रीय तथा पर्यटकीय, काठमाडौं सहरी र काठमाडौं बाहिर सहरी सडक शीर्षकअन्तर्गत विकास निर्माण ठप्प भएको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

विभागले बहुवर्षीय ठेक्का सम्झौता गरिसकेकाले ठेकेदारले काम गरी बिल पेस गर्दा किस्ता-किस्ताको रकम नै भुक्तानी नभएपछि निर्माण कार्य रोकेको सडक विभाग सहायक सूचना अधिकारी नारायण लामिछानेले बताए। पहिलो किस्ताको काम सम्पन्न गरी आठ अर्बको बिल आए पनि महिनौंदेखि बजेट अभावले भुक्तानी गर्न नसकेको लामिछानेले बताए। यसमा क्षेत्रीय तथा पर्यटकीय सडकको संख्या तीन हजार रहेको र अन्य करिब एक हजार संख्यामा बहुवर्षीय ठेक्का लागिसकेको हो। अर्थ मन्त्रालयले रकम निकासा नगरेपछि ७७ जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण सुरु भएको योजना रोकिएर अलपत्र भएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस