रौनक देवघाटधाम माघे संक्रान्ति मेलाको (फोटोफिचर)

सुरेन कुँवर

मंगलबार, ०१ माघ २०७५, ०७ : ३२
रौनक देवघाटधाम माघे संक्रान्ति मेलाको (फोटोफिचर)

चितवन । पवित्र तिर्थ स्थल देवघाट धाममा मागे संक्रान्ति मेला भर्न आउनेको भिड लागेको छ । देवघाटमा हरेक वर्ष जस्तैस्नान गर्न हिजो सोमबारदेखि नै नेपाल,छिमेकी राष्ट्र भारतबाट भक्तजनहरु आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । हरिहर सन्यास आश्रम देवघाटका पिठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले नदीको संगम वेणीमा गंगा पुजा र ओमकारको झण्डा सहितको बाँसको लिंगो गाडेर मेलाको शुभारम्भ गर्नुभएको थियो । देवघाटमा स्नान स्थान, स्नान स्थलसम्म जाने बाटो, सुरक्षा, बत्ती, फोहोर ब्यवस्थापन,पार्किङ लगायतको सुविधा मिलाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष  पौडेलले जानकारी दिनुभयो ।  कालीगण्डकी र त्रिशुली नदी मिसिएको संगम स्थलमा नुहाउने ठाउँ सुरक्षित पार्न बाँस गाडेरे डोरी लागाइएको देवघाट क्षेत्र विकास समितिका सदस्य तथा मेला ब्यवस्थान समितिका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । पैदल मार्गबाट जाने झोलुंगे पुलमा पनि सुरक्षाकर्मी परिचालन गरी एकपटकमा ६ सय जना सम्म यात्रु हिँड्न दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । यसैगरी स्वास्थ्य उपचारको व्यवस्था, एम्बुलेन्स, स्वयमसेवी परिचालन लगायतमा पनि ध्यान दिइएको उहाँले बताउनुभयो ।
रातको समयमा ठाँउठाँउमा ध्वनिको व्यवस्था र मठ,मन्दिर,आश्रम तथा धर्मशालामा बसोबासको समेत ब्यवस्था मिलाइएको देवघाट क्षेत्र विकास समितिले जानकारी दिएको छ । यसबर्ष साढे पाँच लाखले मेलाको अवलोकन गर्ने देवघाट क्षेत्र विकास समितिको अनुमान छ ।
यस पटक पनि स्नानका लागि तनँहु तर्फको बेणी संगम र चितवनको तर्फ नदी किनारमा स्नानघाटको व्यावस्था मिलाईएको छ । स्नान गर्ने क्रममा कुनै अप्रिय घटना हुन नदिन काठको ढुङगा सहित माझी र बोटे युवाहरु र कुरिनटारको विपत व्यवस्थापनको सशस्त्र प्रहरी बललाई जिम्मा दिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

माघे संक्रान्तिमा देवघाटमा गएर स्नान गर्दा दुख हरण हुने, सन्तान सुख प्राप्ति हुने र पितृ मुक्त हुने पौराणिक विश्वासको आधारमा देवघाटमा हरेक वर्ष माघे संक्रान्तिमा लाखौँ भक्तजनहरु स्नानको लागि पुग्ने गर्दछन् । मेला परिसर र देवघाट क्षेत्रमा झत्तजनहरुको आवगमन सहज बनाउन एक तर्फी सवारी साधन आवगन गर्न दिईएको छ ।

प्रतिक्रिया दिनुहोस