प्रादेशिक राजधानी विवाद : संघीयता मास्ने षड्यन्त्र

पत्रपत्रिकाबाट

बुधबार, २६ पुस २०७४, ०६ : ५९
प्रादेशिक राजधानी विवाद : संघीयता मास्ने षड्यन्त्र

राजविराज । शीतलहरले चिसिएको मध्य तराइ/मधेस प्रदेश राजधानी कहाँ राख्ने, मुख्यमन्त्री को बन्नेलगायत राजनीतिक मुद्दाको बहसले भने तातेको छ ।

प्रदेश राजधानी कहाँ तोक्ने भन्ने विषयमा राजनीतिक दलबीच नै एकमत देखिँदैन भने सरकार पनि अन्योलमै छ । आजको नागरिक दैनिकमा खबर छ ।

राजधानीको विषयमा फेसबुकलगायत सामाजिक सञ्जालमा आएका प्रतिक्रियाका आधारमा सरकारले विज्ञप्ति नै जारी गरेर अझै नतोकिएको भनी स्पष्टीकरण दिनुपरेको छ ।

वरिष्ठ राजनीतिकर्मी खुशीलाल मण्डल प्रादेशिक राजधानी विवादलाई तीन ठूला राजनीतिक दलको संघीयता समाप्त पार्ने षड्यन्त्रका रुपमा विश्लेषण गर्छन् ।

प्रतिक्रिया दिनुहोस