बर्सेनि शीतलहर, पूर्वतयारी शून्य: कुनै पनि निकायसँग छैन ठोस तथ्यांक

पत्रपत्रिकाबाट

मंगलबार, २५ पुस २०७४, ०८ : ०४
बर्सेनि शीतलहर, पूर्वतयारी शून्य: कुनै पनि निकायसँग छैन ठोस तथ्यांक

शीतलहरको कारण एक्कासि बढेको चिसोले पछिल्लो एक सातायता सप्तरीको जनजीवन निकै कष्टकर बन्न पुगेको छ । विभिन्न स्थानीय तहका जनप्रतिनिधि एवं सम्बन्धित परिवारजनका अनुसार एक सातायता चिसोकै कारण ज्यान गुमाउनेहरुको संख्या १७ पुगेको छ । शीतलहर सप्तरकिो लागि नौलो होईन ।

पुसको दोस्रो साताबाटै सप्तरीलगायत मध्य मधेसका जिल्लामा शीतलहर सुरु हुन्छ । शीतलहरका कारण बर्सेनि सप्तरीमा मात्रै दुईदर्जनभन्दा बढी सर्वसाधारणले ज्यान गुमाउने गरेको सरोकारवाला निकायका जिम्मेवार पदाधिकारी स्वीकार्छन् । यद्यपि, यससम्बन्धी कुनै ठोस तथ्यांक भने कुनै पनि निकायसँग छैन ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस