काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १० मा

शनिबार, २१ पुस २०७५, १५ : १८
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १० मा

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० बस्ने भएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी आगामी माघ १० गते बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको जानकारी दिनुभयो । 

बैठकमा मुलुकको वर्तमान अवस्था र आगामी दिनमा काङ्ग्रेसले लिने नीति तथा समसामयिक विषयमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ । काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध समेत गरेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस