रेशम चौधरीले लिए सांसदको सपथ, सपथ लगत्तै उनलाई प्रहरीले कारागार लग्यो

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०७५, १६ : ०६
रेशम चौधरीले लिए सांसदको सपथ, सपथ लगत्तै उनलाई प्रहरीले कारागार लग्यो

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीले पद तथा गोपनियताको सपथ लिएका छन् । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेमश चौधरीले बिहिबार सिंहदरबार पुगेर सभामुख कृष्णबहादुर महराबाट सांसद पदको सपथ लिएका हुन् ।

थारु भाषामा सपथ लिएका चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको थियो । सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए भने त्यहाँ पुगेका राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फूलमाला लगाइदिए । 

सांसद रेशम कुमार चौधरीलाई सपथलगत्तै डिल्लीबजारस्थित सदर खोर लगिएको छ । टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा चौधरीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा विचाराधीन छ । 

यस अघि चौधरीले सभामुख कृष्णबहादुर महरासँग सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेका थिए ।

उनले भनेका थिए ‘यो लोगो सांसदको लोगो हो । एकजना सांसदलाई सपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन ?  ‘यो लोगोको सम्मान के हो ? यो लोगो हामी सम्पूर्ण प्रतिनिधि र राष्ट्रियसभामा सहभागी हुने सदस्यको कत्तिको इज्जत राख्छ राज्यले बोल्ला, संसदले बोल्ला ।


 

प्रतिक्रिया दिनुहोस