ओली–दाहाल भेट : यस्तो छ एकता अघि बढाइने कार्यदल

पत्रपत्रिकाबाट

सोमबार, २४ पुस २०७४, ०६ : ५५
ओली–दाहाल भेट : यस्तो छ एकता अघि बढाइने कार्यदल

-सोमबार दुई दलका आन्तरिक छलफल
–मंगलबार एकता संयोजन समितिको बैठक बस्ने

एमाले र माओवादी केन्द्रले पार्टी एकता, संगठनात्मक स्वरुप र बैचारिक राजनीतिक बिषय मिलाउन दुई दलका नेता सम्मिलित सानो कार्यदल बनाउने भएका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफलमा एउटा सानो समूहलाई जिम्मेवारी दिने समझदारी भएको हो । मुल नेतृत्वको बिषयमा दुईपक्षबीच नै कुरा मिलाउनुपर्नेछ ।

त्यस बाहेकका अन्य बिषयमा भने यो कार्यदलले गृहकार्य गर्नेछ । सांगठनिक संरचना र बैचारिक राजनीतिक बिषयमा समझदारी बनाउन छुट्टाछुट्टै कार्यदल बनाउनुपर्ने सुझाव नेताहरुले दिएका थिए । एउटै कार्यदल बनाउने कि दुईटा भन्ने निर्णय हुन बाँकी छ ।,यो खबर आजको कान्तिपुरमा छ ।

तीन दिन चितवन बसेर आइतबार स्थलमार्गबाट राजधानी आएका दाहाल साँझ ओली भेट्न बालकोट पुगेका थिए । केही दिनदेखि स्वास्थ्य समस्याका कारण घरमै आराम गरिरहेका ओलीसंग दाहालले एक घण्टा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस