भिटो एजुकेशनको नयाँ शाखा नारायणगढमा

हिरालाल आचार्य ‘डायमण्ड’

बुधबार, ११ पुस २०७५, १७ : २२
भिटो एजुकेशनको नयाँ शाखा नारायणगढमा

चितवन । भिटो एजुकेशनले आफनो तेस्रो शाखा नारायणगढको शहिद चोकमा विस्तार गरेको छ । शखाको बुधबार एक कार्यक्रमका बीच त्रिविका पुर्व रजिष्टार, सप्तगण्डकी बहुमुखी क्यामपसका संस्थापक क्याम्पस प्रमुख भिमराज अधिकारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा एनसिसि बंैक नारायणगढ शाखाकी प्रबन्धक सांग्रिला श्रेष्ठले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीले गर्नुपर्ने बैंकिङ्ग प्रोसेसको बारेमा जानकारी गराउनु भएको थियो । 

भिटो (भिजन ईन्ट्रोगेटिभ टेक्नो ओरिन्टेड)ले अष्ट्रेलिया, न्युजिल्याण्ड, जापान र युरोपका विभिन्न देशहरुको विश्व विद्यालयमा उच्च शिक्षा अध्ययनको लागि जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । साथै यस एजुकेशनबाट आइएलटिएस तयारी कक्षा पनि सञ्चालन हुने भिटोका प्र्रबन्ध निर्देशक सरोज कोइरालाले जानकारी दिए । 

विद्यार्थीहरु पढ्नको लागि विदेश जाने तर त्यहाँको पढाईको मात्र प्रमाण पत्र नेपालमा काम नलाग्ने वर्तमान अवस्थामा विदेशमा पढेका विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र नेपालको शैक्षिक प्रणालीमा समतुल्य गराउने उद्देश्यले यो एजुकेशन स्थापना गरिएको निर्देशक कोइरालाले बताए । 

विद्यार्थी र विभिन्न देशमा रहेका विश्वविद्यालय तथा कलेजबीचको सम्बन्ध नजिक बनाउने उद्देश्यले स्थापित अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको भिटोले यस अघि काठमाडौँ र विरगञ्जमा शाखा सञ्चालन गरिरहेको छ । 


 

प्रतिक्रिया दिनुहोस