यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, १९ बैशाख २०८३, ०७ : १९
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो १ को खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा रहेको छ भने यूके पाउण्ड स्टर्लिङ १ को खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ।

स्विस फ्र्यांक १ को खरिददर १९४ रुपैयाँ २८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ५ पैसा रहँदा अष्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा पुगेको छ। त्यस्तै क्यानेडियन डलर १ को खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ १८ पैसा कायम भएको छ। सिंगापुर डलरको खरिददर ११९ रुपैयाँ ९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी रियाल १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा तोकिएको छ। कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा कायम हुँदा यूएई दिराम १ को खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४३ पैसा रहेको छ। मलेसियन रिंगिट १ को खरिददर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा पुगेको छ।

यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा रहँदा चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा रहेको छ।

यस्तै कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ४ पैसा कायम गरिएको छ भने बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९४ पैसा पुगेको छ। 

दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस