पार्टी एकतामा गृहकार्य जारी, तर कसरी ठोस सहमति गर्ने अन्योलमा

पत्रपत्रिकाबाट

आइतबार, २३ पुस २०७४, ०७ : ११
पार्टी एकतामा गृहकार्य जारी, तर कसरी ठोस सहमति गर्ने अन्योलमा

काठमाडौं । नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र० बीचको एकताबारे आपसी गृहकार्य जारी रहे पनि दुवै पार्टीका अधिकांश नेता कसरी र कहिले एकता हुन्छ भन्नेमा स्पष्ट भइसकेका छैनन्। एकता प्रक्रियामा कुनै समस्या नरहेको र चाँडै एकता हुनेमा ढुक्क देखिएका ती नेताले पार्टीका अध्यक्षबीच यसबारे ठोस सहमतिको प्रतीक्षामा छन्। नागरिक दैनिकमा खबर छ ।

दुई पार्टीका अन्य नेताहरु एकता प्रक्रियामा सामेल भएपनि उनीहरु यसको भित्री पक्षबारे प्रतिक्रिया दिन अग्रसर नदेखिनुले दुई अध्यक्षको वार्ता र सहमति नै निर्णायक हुने देखिन्छ। एमालेको यही पुस १३ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार गठन र पार्टी एकतालाई तीव्रता दिने निर्णय गरेको थियो भने केन्द्रको यही पुस १८ गतेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकताको विषय जनअनुमोदित भइसकेकाले यसलाई द्रुत गतिमा अघि बढाउने निर्णय लिएको थियो।

प्रतिक्रिया दिनुहोस