नारायणी बराह ज्वेलरीद्वारा चेपाङ छात्राबासलाई खाद्यान्न वितरण

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, ०१ पुस २०७५, १७ : २२
नारायणी बराह ज्वेलरीद्वारा चेपाङ छात्राबासलाई खाद्यान्न वितरण

चितवन । नारायणी बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. नारायणगढले आइतबार एक कार्यक्रमबीच रत्ननगरमा रहेको चेपाङ छात्रावासमा खाद्यान्न वितरण गरेको छ । रत्ननगर नगरपालिका वडा नम्बर ११ मंगलपुरमा रहेको चेपाङ छात्राबासलाई बराह ज्वेलरीले खाद्यान्न वितरण गरेको हो । 

छात्राबासको लागि १५ बोरा चामल र १ बोरा दाल सहयोग गरिएको कार्यक्रमका विशिष्ट अतिथि तथा नारायणी बराह ज्वेलरी नारायणगढका प्रमुख शरण लामिछाने जानकारी दिनुभयो । कार्यक्रमकी प्रमुख अतिथि तथा ३ नम्बर प्रदेशकी उपसभामुख शशीकला दाहालले पनि आफ्नो तर्फबाट चेपाङ छात्राबासलाई १५ बोरा चामल र १ बोरा दाल सहयोग गर्नु भएको छ । 
बराह ग्रुपकी महाप्रबन्धक दिपिका सिंह गदालले अझै यस्तै सहयोगात्मक कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाउनु भयो । उहाँले चेपाङ छात्राबासका विद्यार्थीहरुलाई अहिलेको जाडोमा कपडा वितरण गर्ने योजना रहेको पनि सुनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस