ज्यान मार्ने धम्की दिने ‘ईजिएन’ का कथित अध्यक्ष फिलिपिन्सबाट पक्राउ

सफल खबर संवाददाता

विहीबार, २९ माघ २०८२, १२ : ५४
ज्यान मार्ने धम्की दिने ‘ईजिएन’ का कथित अध्यक्ष फिलिपिन्सबाट पक्राउ

काठमाडौं। नेपालका अतिवादी समूह ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ का अध्यक्ष भएको दाबी गर्ने एक व्यक्तिलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ गरिएको छ।

उक्त व्यक्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित विभिन्न व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको समन्वयमा एनसिबी मनिला ,फिलिपिन्सको सहयोगमा उनलाई फिलिपिन्सबाट पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस