काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (क्युसीसीआई) को प्रतिनिधिमण्डलको नेतृत्व क्युसीसीआईका बोर्ड सदस्य मोहद अहमद एम.ए.अलोबैद्लीबीच सोमबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपालको पर्यटन क्षेत्रका सम्भावना, लगानी अवसर, साथै हवाई सेवा तथा उड्डयन क्षेत्रको सहकार्य विस्तारबारे विस्तृत छलफल भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणामा उनी काठमाडौँ आएका हुन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०८२, १३ : १२
लेखकबाट थप