गठबन्धनका ३ गाँठा: मुल नेतृत्व कस्तो-कसको ?

पत्रपत्रिकाबाट

शनिबार, २२ पुस २०७४, ०८ : १३
गठबन्धनका ३ गाँठा: मुल नेतृत्व कस्तो-कसको ?

राष्ट्रिय सभागृहबाट असोज १७ मा बाम गठबन्धन घोषणा गर्दा एमाले र माओवादी केन्द्रका नेताहरुले भनेका थिए, - 'चुनावलगत्तै पार्टी एकता गर्छौ ।'

त्यो घोषणालाई मुर्तरुप दिन 'पार्टी' एकता संयोजन समिति' ले काम गर्ने भनिएको थियो ।

गठबन्धनको घोषणा सार्वजनिक गरिएको ६ बुँदे सहमतिको पहिलो बुँदामै उल्लेख भएअनुसार समिति बनेको  हो ।

समितिलाई पार्टी एकताको विस्तृत खाका र कार्ययोजना तयार पार्ने जिम्मेवारी छ ।

तर चुनावपछि उक्त समितिको एउटै बैठक बस्न सकेको छैन ।

बैठक बस्नुअघि दुवै दलका अध्यक्षले छलफलका औपचारिक एजेन्डा तयार गर्ने भनिएको थियो ।

दुवै औपचारिक एजेन्डा प्रारिम्भक खाकामा सहमति बनेको छैन ।, आजको कान्तिपुरमा यो खबर छ ।

मुल नेतृत्व कस्तो/कसको ?

एमाले र माओवादी केन्द्रबीच सबभन्दा ठुलो विवाद एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा छ ।

माओवादीले तत्कालका लागि प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई नै प्रस्ताव गरेको छ ।

तर, एमालेबाट प्रधानमन्त्री हुँदा एकीकृत पार्टीको अध्यक्ष दाहाल हुुनुपर्ने माओवादीको दावी छ ।

यो विषयमा ओली र दाहाल आफैँले औपचारिक मुख खोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस