काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल नेतृत्वको टोलीले आगामी निर्वाचनमा शान्ति, सुरक्षा तथा कानून-व्यवस्था सुनिश्चित गर्नका लागी गृहमन्त्री ओमप्रकाश अर्याललाई स्मरण पत्र पेश गरेको छन् ।
आगामी निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानबाट हिंसा, धम्की, डर-त्रास, मतदातामाथि दबाब, राजनीतिक प्रतिशोध, घृणात्मक अभिव्यक्ति तथा कानुन-व्यवस्था कमजोर हुने सम्भावनाबारे चिन्ता व्यक्त भइरहेको परिपेक्षलाई मध्यनजर गर्दै उक्त स्मरण पत्र गृहमन्त्रीलाई बुझाइएको इन्सेकका अध्यक्ष गौतमले बताएका छन्।
नागरिकका मौलिक अधिकार, विशेषतः मताधिकार, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण सहभागितामाथि असर नगर्ने गरी निर्वाचन सम्पन्न हुनुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०८२, १२ : ४३
लेखकबाट थप