स्थानीय तहमा न्यायिक अधिकारः कानुनविनाका 'न्यायाधीश'

पत्रपत्रिकाबाट

शनिबार, २२ पुस २०७४, ०८ : ११
स्थानीय तहमा न्यायिक अधिकारः कानुनविनाका 'न्यायाधीश'

देउखुरीस्थित गढवा गाउँपालिकाको न्यायिक समितिमा केही दिनअघि आमा छोरीविचको जग्गा विवादसम्बन्धी मुद्धा आयो ।

यो गाउँपालिकाकाको वडा नम्बर ६ बस्ने एक महिलाले आमालाई फकाएर उनको नाममा रहेको जग्गा आफ्नो नाममा पास गरिन् ।

जग्गा आफ्नो नाममा गराएपछि उनले आमालाई घरनिकाला गरिन् ।

यो मुद्धामा पीडित आमाले न्यायिक समितिमा दर्ता गराएको मुद्धाउपर न्यायिक समितिले दुई पक्षबीच छलफल गरायो । सामान्य छलफलबाट मात्रै निकास निस्किएन ।

न्यायिक समितिबाट निकास ननिस्किएपछि समिति संयोजक एवं गाउँपालिका उपप्रमुख शान्ति चौधरीले अदालतमा पेस गर्ने निधो गरिन् ।

तर, गाउँका भद्रभलादमीले गाउँपालिकाबाटै टुंग्याउनुपर्ने भन्दै रोके ।

मुद्धा कसरी टंग्याउने भन्नेमा किनारा लगाउने भन्नेबारे मलाई केही थाहा छैन ।, उनले भनिन् ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस