काठमाडौँ । रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरू नौ बुँदे माग राखेर ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन् ।
आन्दोलित युवाहरूलाई इपिएस कोरिया शाखाकी निर्देशक बिन्दा आचार्यले पीडितहरूले उठाएको माग पूरा गर्ने प्रतिबद्धता जनाएकी छन् ।
युवाहरू आक्रोशित भएपछि निर्देशक आचार्यले युवाहरूको माग पूरा गर्न श्रम मन्त्रालयले पहल गर्ने बताइन्। उनको प्रतिबद्धतापछि पनि आन्दोलन भने रोकिएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, १४ : १२
लेखकबाट थप