काठमाडौँ । नेपाली काँग्रेस परित्याग गरेका खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीको उम्मेदवार बनेका छन् ।
रास्वपाले निर्वाचन आयोगमा पेश गरेको ११० जनाको सूचीमा कर्णको नाम मधेसी क्लष्टरमा पुरुषतर्फ दोस्रो स्थानमा छ । काठमाडौँका मेयर बालेन शाह पक्षबाट कर्ण उम्मेदवारमा परेका हुन् ।
पेशाले इञ्जिनियर कर्णले काँग्रेसको भ्रातृ संस्था नेविसंघको ११ औँ महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार भएका थिए । काँग्रेसभित्र युवाको उचित मूल्यांकन भएको हुँदा उक्त दल त्यागेको कर्णले बताए ।
उनले भने,‘युवाको मूल्यांकन काँग्रेसमा हुँदैन । पैसावाला बोलवाला हुन्छन् । काँग्रेसमा नबस्ने निर्णय गरेर फरक बाटोमा लागेँ ।’ कर्ण सप्तरी-१ का हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०८२, १४ : ३७
लेखकबाट थप