काठमाडौँ । नेपाल-कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया-नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ ।
आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड (जेयसएम कम्बोडिया)द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्रमको व्यवस्थापन गर्ने बताइएको छ ।
कार्यक्रममा नेपालतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स,लगायत पर्यटन, उड्डयन, यात्रा–पर्यटन, उत्पादन, संस्कृति, प्रविधि तथा आयात–निर्यात क्षेत्रका व्यावसायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ । कम्बोडियातर्फबाट कम्बोडिया चेम्बर अफ कमर्स, पर्यटन तथा आतिथ्य संघ संस्था, उड्डयान कम्पनी, निजी लगानी समूह, व्यापारिक संस्था तथा सांस्कृतिक–सिर्जनात्मक क्षेत्रका प्रतिनिधि सहभागी हुने कार्यक्रम संयोजक रामप्रसाद पाध्याले जानकारी दिए । उनका अनुसार एसियन मुलुकका व्यवसायी, कलाकार, उद्यमी र नवप्रवर्तकहरूलाई नेटवर्किङ र अनुभव आदानप्रदानको प्लेटफर्म पनि प्रदान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, १३ : ३५
लेखकबाट थप