काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्ति पुरस्कार प्रदान गरिएको छ । फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिकका लागि आयोजित समारोहमा उनलाई शान्ति पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रपति ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन्। उनले धेरै युद्ध रोकेको भन्दै आफू यसको हकदार भएको बताएका छन्।
यो नयाँ फिफा पुरस्कारका लागि ट्रम्पलाई पहिले नै सबैभन्दा बलियो दाबेदार मानिन्थ्यो।
समाचार एजेन्सी पीटीआईका अनुसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीच घनिष्ठ सम्बन्ध छ। इन्फान्टिनोले पहिले नै गाजामा युद्धविराम गराउने प्रयासका लागि ट्रम्पले नोबेल पुरस्कार पाउनु पर्ने भनेका थिए।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० मंसिर २०८२, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा
खाडी मुलुकको अनुरोधमा इरानमाथि नयाँ आक्रमण स्थगित गरेको राष्ट्रपति ट्रम्पको दाबी
राष्ट्रपति ट्रम्प चीन भ्रमणमा जाँदै, जिनपिङसँग विशेष वार्ता हुने
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह