काठमाडौं । आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले फेरि पराजय भोगेको छ।
यूएईमा भएको सिरिजमा नेपाल लगातार चौथो खेलमा अंकविहीन भएको हो । बुधबारको अन्तिम खेलमा नेपाललाई घरेलु टोलीले ४ विकेटले हराएको छ।
आइसीसी एकेडेमी ग्राउण्डमा भएको खेलमा नेपालले पहिले ब्याटिङ रोजेर दिएको २४० रनको चुनौतीलाई यूएईले ४९ ओभर १ बलमा ६ विकेटको क्षतिमा भेट्टायो ।
यूएईलाई जिताउने क्रममा मोहम्मद शाहदादले सर्वाधिक ९६ रनको स्कोर गरे । उता मोहम्मद वासिन ७६ रन बनाए।
बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए। नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीको नाममा एक-एक विकेट रह्यो ।
टस हारेर पहिले ब्याटिङमा गएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन जोडेको थियो ।नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । कुशल मल्ल ४५ रन बनाउँदा आसिफ शेख ३४ रनमै रोकिए ।
यूएईका लागि ध्रुव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले २/२ विकेट झारे । अहिलेसम्म यूएईमा भएका यो सिरिजका सबै खेल नेपालले गुमाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
समोअसँग खेल्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य
टी-२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित
यूएईमाथि नेपालको रोमाञ्चक जित