शंकर शीतल स्मृति प्रतिष्ठानको रक्तदान कार्यक्रम

हिरालाल आचार्य ‘डायमण्ड’

शुक्रबार, २१ मंसिर २०७५, १२ : १२
शंकर शीतल स्मृति प्रतिष्ठानको रक्तदान कार्यक्रम

चितवन । चितवनमा स्व. शंकर भण्डारी (समिर) एवम् स्व. शीतल बोहाराको प्रथम स्मृतिमा खुला रक्तदान कार्यक्रम गरिएको छ । 

शंकर शीतल स्मृति प्रतिष्ठान तथा होमिज युथ क्लबको आयोजनामा शुक्रबार जखडी माई स्कुल भरतपुर ११ को परिसरमा रक्तदान कार्यक्रम गरिएको हो । 

कार्यक्रममा ३१ जनाले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ । यस कार्यक्रमबाट चितवनमा रगतको मागलाई केही मात्रामा पुर्ति गर्ने अपेक्षा लिइएको कार्यक्रम संयोजक शम्भु भण्डारीले बताए । 


 

प्रतिक्रिया दिनुहोस