काठमाडौँ । एक महिनाभन्दा लामो समयदेखि मुलुकको पूँजीबजार नियामक नेपाल धितो पत्र बोर्डका सबै काम ठप्प छन् । ३८ दिनदेखि बोर्डका कर्मचारी आन्दोलनमा रहँदै काम ठप्प पारेका हुन् ।
असोज ७ गतेदेखि बोर्डका सबै काम ठप्प हुँदा पनि सरकारले समस्या समाधानमा कुनै पहल गरेको छैन । बोर्डमा अहिले हकप्रद सेयर, आइपिओ आवेदन, बोनस सेयर दर्तासहितका काम ठप्प छन्, बोर्डमा कहिलेबाट नियमित कार्य सुरु हुने हो, अनिश्चित छ ।
बोर्डका कर्मचारीलाई सरकारविरुद्ध मुद्दा दायर गरेर कानुनी बाटोबाट समाधान खोज्न सञ्चालक समितिले सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ कार्तिक २०८२, १३ : ४०
लेखकबाट थप